चीनीया राष्ट्रपति सि को स्वागतमा राष्ट्रपति भण्डारी विमानस्थलमा जाने

चीनीया राष्ट्रपति सि को स्वागतमा राष्ट्रपति भण्डारी विमानस्थलमा जाने

  • शनिबार, अशोज २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

असोज २५ काठमाण्डौं । लामो प्रतिक्षापछि नेपाल आउन लागेका चीनीया राष्ट्रपति सि जिन पिगंको नेपाल भ्रमण आजबाट शुरु हुदैछ । आज अपरान्ह साढे ४ बजे पछि राष्ट्रपति सि काठमाण्डौंमा बिशेष विमानबाट अवतरण गर्नुहुने छ ।
राष्ट्रपति सि को स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा पुग्नु हुने छ । त्यसै गरी उपराष्ट्रपति , प्रधानमन्त्री सहित उच्च सरकारी अधिकारीहरु पनि विमानस्थलमै हुनेछन् ।
राष्ट्रपतिको स्वागत पछि नेपाली सेनाले गाराथ सलामी अर्पण गर्ने छ भने राष्ट्रपति भण्डारीले उपराष्ट्रपति पुन सहित अन्य उच्च सरकारी अधिकारीहरुलाई परिचय गराउनु हुने छ ।
साँझ साढे ६ बजे राष्ट्रपति सीले नेपालका समकक्षी राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तालगत्तै उनी राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने जनाइएको छ ।

शनिबारै साँझ राष्ट्रपति सीसित प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नेछन् । आइतबार बिहान साढे १० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने छ ।

त्यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सीले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति सी आइतबार दिउँसो साढे १२ बजे पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ