यस्तो छ चीनीया राष्ट्रपतिको नेपाल भ्रमण तालिका

यस्तो छ चीनीया राष्ट्रपतिको नेपाल भ्रमण तालिका

  • शुक्रबार, अशोज २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

असोज २४ काठमाण्डौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समयतालिका सार्वजनिक भएको छ। असोज २४ गते, शनिबार सी नेपाल आउन लागेका हुन्। उनी चढेको जहाज शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।

यसनिम्ति विमानस्थल साढे २ घण्टा  दिउँसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन हुने जनाईएको छ ।

विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय भएको छ। तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ।

यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको कांग्रेस नेता तथा पूर्वमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन्।

यी भेटवार्तापछि साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको कार्यक्रम छ। आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।

त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता द्वीपक्षीय सम्झौता हुनेछ।

आइतबारै दिउँसो १ बजे सीको चीन फर्किन उडान छ। आइतबार पनि बिहान ११:२० देखि १:५० सम्म विमानस्थल बन्द हुनेछ।

उडान तथा अवतरणमा न्यून असर परोस् विमानस्थल २४ घण्टा खुला राखिने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ