असोज २४ सिन्धुपालचोक । इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। दुर्घटनामा अन्य दर्जनौ घाईते भएका छन् । भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो।
सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सातजनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
बस तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको थियाे । मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती-९ की संगिता श्रेष्ठ, हिरा श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती-१० का रितेश आचार्य छन्।त्यसैगरी धुलिखेलमा उपचारकै क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कुटी रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline