नेपाल बलियो टिम अस्ट्रेलियासँग ५–० ले पराजित

नेपाल बलियो टिम अस्ट्रेलियासँग ५–० ले पराजित

  • बिहिबार, अशोज २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

असोज २३ काठमाण्डौं । विश्वकप छनोट अन्तरगत दोस्रो चरणको खेलमा नेपाल बलियो टिम अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको छ ।

पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गर्दै अस्ट्रेलियालाई बढी गोल गर्नबाट रोक्न सक्यो।

अस्ट्रेलियाका लागि जेमी माक्लारेनले ह्याट्रिक गरे। उनले खेलको छैठौँ, १९औँ र ९०औँ मिनेटमा गोल गरेका हुन्।

ह्यारी साउटरले २४औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियाको अग्रता तेब्बर पारेका थिए। त्यस्तै खेलको ५८औँ मिनेटमा आत्मघाती गोल भयो। साउटरले गरेको हेड प्रहार दिनेश राजवंशीको कम्मरमा लागेर गोल भएको थियो।

एसियाकप जितेको अस्ट्रेलिया नेपालभन्दा निकै बलियो टिम हो।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले खेलेको यो तेस्रो खेल हो। यसअघि  कुवेतसँग उसैको घरेलु मैदान खेलिएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो। त्यसपछि चाइनिज ताइपेईसँग उसैको घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली २–० गोलले विजयी भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ