स्वच्छ मासु चिनेर किनौं

स्वच्छ मासु चिनेर किनौं

  • मङ्लबार, अशोज २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 41.8K
    SHARES

बासुदेव नाथ
पशु विकास अधिकृत
केन्द्रीय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय,
हरिहरभवन, ललितपुर

(१) परिचय :

चाँडपर्व होस वा भोज भतेर होस, भलै घरमा पाहुना नै किन नआओस मासुको परिकार अनिवार्य जस्तै मानिन्छ । खाने मानिसको रुचीनै नभएपनि खुवाउनेले मासु नखुवाई चित्त नै बुझिदैन । यसकारण हामीले मासु खानु अगाडि मासुको बारेमा थाहा पाउनु आवश्यक छ ।
मानवले मासु खान थालेको प्रचीनकाल देखि नै हो । सुरु—सुरुमा मानवहरु काँचो मासु खान्थे जतिबेलासम्म आगोको आविश्कार भैसकेको थिएन । आगोको आविष्कार भएपछि मानवले मासुलाई पोलेर खान थाले र पोलेको मासु काँचो मासुको तुलनामा स्वादिलो हुनुका साथै मासुमा भएका हानिकारक किटाणुहरु नष्ट हुनगई उनीहरुको स्वास्थ्य हृष्टपुष्ट र स्वस्थ हुन थाल्यो जसको कारणले उनीहरुको मष्तिष्कको राम्रो विकास हुन गई सोच्ने शक्तिमा वृद्धि विकास र प्रविधिको खोज हुन थाल्यो । यसो हुनुमा मासुबाट प्राप्त पोषक तत्वनै प्रमुख कारक हो । शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु मध्ये शारिरीक वृद्धि विकासका लागि प्रोटिन प्रमुख तत्व मानिन्छ । यसको प्रमुख श्रोतको रुपमा मासुलाई नै लिइन्छ ।
आजभोली पनि मासुलाई पकाएर वा काँचो मासुका विभिन्न परिकारका रुपमा खाने चलन धेरै थोरै रहि आएको छ । अझै पनि कतिपय ठाँउमा मरेको सिनो खाने चलन रहिरहेको छ जसका कारणले विभिन्न किसिमका रोगहरु जस्तैः झाडा वान्ता, आउँ, रगतमासी, रगतछेर्ने आदि देखा पर्दछन । हालआएर मरेको पशुको मासु खाने चलनमा कमि आएको भएता पनि पूर्णरुपमा बन्द भएको अवस्था छैन । मासु खानका लागि अस्वस्थ, दुब्लो, मरेको पशुलाई पनि काटेर मासु खाने चलन ग्रामीण तथा शहरी क्षेत्रमा समेत विद्यमान छ ।
सामान्यतयाः एक जवानलाई वर्षभरीमा १४ के.जी. मासु आवश्यक पर्छ । कृषि डायरी, २०७६ अनुसार आ.व. २०७४÷०७५ मा ३४७०७२ मे.टन मासु उत्पादन भएको छ भने हाल नेपालमा प्रति व्यक्ति करिव १२.५ के.जी. मासु उपलब्ध हुन सकेको छ । नेपाल सरकारले ू बधशालादेखि भान्छासम्म, स्वच्छ र स्वस्थ मासु ूअभियानको घोषणा गरियो । आजका दिनसम्म नागरिक हितको लागि वनेको महत्वपूर्ण कानून पशु वधशाला र मासु जांच ऐन, २०५५ कार्यान्वयन हुन सकेको छैन । यी कानूनहरुको कार्यान्वयन हुन अपरिहार्य छ । हामीले कस्तो मासु खान हुने हो सो बारे व्यापक जनचेतना अभिवृद्धि गराउन आवश्यक छ ।
मासु ः मासु भनेको जीवको हाड ,नसा, रगत, छाला, लादी, गिदी, मासी बाहेकको रातो खैरो लचिलो पदार्थ हो । मांसपेसीबाट मासु बन्नकोलागि २४ घण्टा समय लाग्दछ । यति समयसम्म फ्रिजमा राख्नु पर्दछ अनि मात्र मांसपेशी मासुमा परिणत हुन्छ ।
डा. धनराज रतला र डा. डिल्ली राम सेढाईका अनुसार “मासु भनेको जनावरका ति तन्तुहरु हुन जुन चै खानकोलागि योग्य हुन्छन् । मानिसले खाने मासु मुख्य गरेर घर पाल्तु पशुहरु र सामुन्द्रिक जीवहरुबाट उत्पादन हुन्छ ।”

Meaning of Meat according to Oxford Dictionary ” Animal and specially mammal tissue used as food we need to go shopping; there’s only enough meat in the freezer for one more dinner.”

Flesh of animal, esp mammals rather than fish or birds, used as food.

पशुबध गरेको ४५ मिनेट भित्र प्राप्त मांसपेशीलाई फ्रिजमा राखि सक्नु पर्दछ । उच्चगुणस्तरको मासु उत्पादन गर्न मासुमा बिस्तारै अम्लियपना बढ्नु पर्दछ । मासुमा अम्लियपना -Adult _ ५.५ हुनु पर्दछ । एक्कासी अम्लियपना बढेमा मासु बिग्रिन्छ । मासुलाई पटक पटक तातो चिसो तातो गर्नु हुदैन यसो गर्नाले मासुको गुणस्तर कायम रहदैन ।
मांशपेशी ः मांशपेशी भनेको पशुपन्छी काटेपछि प्राप्त हुने मांशपिण्ड वा अस्थिर शरिर वा मासुको डल्लो वा लोतो वा मासुको स्वतन्त्र अस्तित्ववाला गांठो वा मसल nuscle हो ।

२) नेपालमा मासु उत्पादनको स्थिति :

४) रातो मासु-RED MEAT _ माछा र कुखुराको मासु बाहेक सबै खालको मासुलाई रातो मासुको रुपमा लिईन्छ । सामान्य तया स्तनधारी जनावरको मासुलाई रातो मासुनै भनिन्छ तर मासुको लागि काटिने जनावरको उमेर अनुसार पनि रातो र सेतो मासु भनिन्छ । जस्तैः -Young _ बंगुरको मासुलाई रातो मासु भनिन्छ भने कम उमेरको बंगुरको मासुलाई सेतो मासु भनिन्छ । रातो मासु हुने जनावर तथा पन्छीहरुमा खसी बोका , भेडा बाख्रा, भैसी रांगा हांस तथा पानी हांस, कोयली, परेवा, सुर्तुमुर्ग -Ostrich _जंगली जनावरहरु (मृग, हरिण आदि ) मासुमा मायोग्लोविनको प्रतिशतले रातो मासु र सेतो मासुको निर्धारण गर्दछ । मायोग्लोविनको प्रतिशत जति जाति कम भयो त्यस मासुलाई सेतो मासु र जति जति बढी भयो त्यसलाई रातो मासु भनिन्छ । केहि मासुमा भएको मायोग्लोविन प्रतिशत अनुसार मासुको वर्गीकरण निम्न अनुसार गरिएको छ :

क्र.सं. मासुको विवरण मायोग्लोविन प्रतिशत मासुको वर्गीकरण
कुखुराको छाती 0.005 सेतो मासु
कुखुराको तिघ्रा 0.18- 0.20 गाढा मासु
टर्कीको तिघ्रा 0.25- 0.30 गाढा मासु
बंगुरको मासु 0.10- 0.30 रातो मासु

तलिका नं. १                                                                    https://en.wikipedia.org/wiki/Red_meat

रातो मासुमा पाईने पोषक तत्वहरु :
यसमा बढी मात्रामा फलाम -Iron, क्रेटिन -Creatine _  खनिज पदार्थ Mineral जिंक र फस्फोरस तथा भिटामिनहरु ( – Nicin, Vitamin B12 Thimine and Riboflavin  ) र लिपोईक एसिड – Lipoic Acid _ को मुख्य श्रोतको रुपमा रातो मासुलाई लिईन्छ ।
बढी मासु खादा हुने जोखिम :
Harvard School of Public Health study published in the April 2012 issue of the ” Archie of Internal Medicine ” अनुसार दैनिक रातो मासु खादा क्यान्सर र मुटु रोग हुने जोखिम १३% ले बृद्धि हुन्छ । प्रशोधित मासु ( Bacon, Sausages, Salami, Ham, Hot dogs etc. को सेवनबाट करिब २०% भन्दा बढी हुन्छ तर सेतो मासु, माछा, गेडागुडी, कम चिल्लो भएको दुग्ध पदार्थ र बदाम ओखर जस्ता बस्तुहरुको सेवनले रातो मासु खादा हुने जोखिम भन्दा ७ देखि १३ % सम्म घटाउदछ ।
रातो मासु खादा अपनाउनु पर्ने सावधानी ः
रगतमा लिपिड प्रोफाईलमा बढी क्लोष्टेरोल भएको, मुटु रोगी, युरिक एसिड र व्लड प्रेसर उच्च भएको व्यक्तिले रातो मासु खानु स्वास्थ्यको लागि उपुक्त हुदैन ।

५) सेतो मासु (white meat) ः
सामान्यतया मासु पकाउनु भन्दा अघि वा पछि सेतो देखिन्छ भने त्यस्तो मासुलाई सेतो मासु भनिन्छ । मासुमा हुने मायोग्लोवीन -Myoglobin _ ले नै रातो मासु ( red meat ) वा सेतो मासु ( white meat ) को निर्धारण गर्दछ । सेतो मासुमा मायोग्लोवीन -Myoglobin _  एकदम न्यूनमात्रामा हुन्छ । खासगरी कुुखुरा -Poultry _ टर्की र माछा ( fish ) को मासुलाई White meat भनिन्छ । यसको साथै Sea food  लाई सेतो मासुको रुपमा लिईन्छ । अमेरिकी कृषि विभागका अनुसार ६५% भन्दा कम Myoglobin भएको बंगुरको मासुलाई सेतो मासु अन्तरगत राखेको पाईन्छ ।

६) प्रति व्यक्ति प्रति दिन मासुको आवश्यकता :

बाच्नको लागि मासुको आवश्यकता पर्दैन । मासु सेवन गर्ने भन्दा शाकाहारी खाना खाने व्यक्ति स्वस्थ्य रहन्छन । मासु प्रोटिनको प्रमुख स्रोत हो । एउटा वयस्क व्यक्तिलाई दैनिक ०.८ ग्राम प्रोटिन प्रति के.जी.शारीरिक तौलका दरले आवश्यक पर्दछ । एउटा महिलालाई दैनिक ४६ ग्राम र पुरुषलाई ५६ ग्राम प्रोटिन आवश्यक पर्दछ । प्रति व्यक्ति प्रति दिन कति मासु आवश्यक पर्दछ भन्ने कुरा उसको शारीरिक अवस्थामा भरपर्दछ । दुव्लो वा कमजोर अवस्था वा शारीरिक तन्दुरस्तिको लागि दैनिक ०.६५ ग्राम प्रति के.जी. शारीरिक तौलको आधारमा र शारीरिक तौल बढाउनको लागि दैनिक १ ग्राम प्रति के.जी. शारीरिक तौलका आधारमा मासु आवश्यक पर्दछ । यसकारण एउटा ६८ के.जी. शारीरिक तौल भएको बयस्क मानिसलाई प्रतिदिन ९७.५ ग्राम तथा हप्तामा ५०० ग्राम मासु आवश्यक पर्दछ ।

७) सबै भन्दा बढी प्रति व्यक्ति मासु उपभोग गर्ने देशहरु (सन २०१३)

 

 

८) मासुको भण्डारण :

 

भण्डारण चिसो कायम राख्नु पर्ने भण्डारण गर्न सकिने अवधि कैफियत
फ्रिज/रेफ्रिजरेटर २ देखि ८ डिग्री सेन्टिग्रेड ३ देखि ५ दिन सम्म मासुमा जीवाणु बढ्न पाउदैनन्, मासु कडा बन्ने तथा रसायनिक प्रतिक्रिया ढिलो हुन्छ ।
lडिप फ्रिज  –२० देखि –२५ डिग्री सेन्टिग्रेड ६ देखि १२ महिना सम्म खसि र भेडाको मासु ९महिना,बंगुर र कुखुराको मासु ६ महिना भण्डारण गर्न सकिन्छ ।

 

तत्काल काटेको ताजामासुमा पानीको मात्रा बढी हुने, अम्लियता कम हुने र पोषक तत्व बढी हुने भएकोले जीवाणुबृद्धिको लागि अति राम्रो माध्यम हुन्छ । मासुमा कमभन्दा कम जीवाणु हुनु पर्दछ यसको लागि फ्रिजमा राख्नु पर्दछ । पशुबध गरेर डिप फ्रिजमा राखेको २४ घण्टामा गुणस्तरिय मासु बन्दछ ।
 मासुमा भएको पानीको मात्रा केही कमी भएपनि धेरै मात्रामा नष्ट हुन पाउदैन ।
 मासुमा भएका जीवाणुको संख्या बढन पाउदैन ।
 मासु कडाहुने प्रकृया ढिलो हुन्छ ।
 मासुमा इन्जाइम र रसायनिक प्रतिकृया ढिलो हुन्छ ।
 मासुलाई ० देखि ३ डिग्री सेल्सियस तापक्रममा राख्दा ७ दिन सम्म मासु सुरक्षित हुन्छ ।
 मासुलाई फ्रिजमा माईनस १.४ डिग्री सेल्सियस तापक्रममा राख्दा १४ दिन सम्म मासु सुरक्षित हुन्छ ।
 चिसो गरी राखेको मासुलाई डिप फ्रिजबाट बिक्री गर्न सक्ने जति मात्र बाहिर निकाल्नु पर्दछ पटक पटक मासुलाई डिप फ्रिजबाट भित्र बाहिर गरी तातो चिसो भएमा मासुको गुणस्तर विग्रन्छ ।
 पशु वधगरेको ४५ मिनेट भित्र मासुलाई फ्रिजमा राखिसक्नु पर्दछ ।

९) मासुलाई डिप फ्रिजमा राख्दा हुने फाईदाहरु ः
 डिप फ्रिजमा ̵ १८ डिग्री सेल्सियस चिसो हुने हुदा २४ घण्टा भित्रै रांगो र बंगुरको मासुमा हुन सक्ने Tape worm मर्न गई मासु सुरक्षित हुन्छ ।
 ̵ ८ डिग्री सेल्सियस तापक्रममा सबै किसिमाका जीवाणुको बृद्धि दर रोकिन्छ ।
 डिप फ्रिजमा राखेको रांगाको मासु १ वर्षसम्म, खसी, भेडाको मासु ९ महिना सम्म र बंगुर र कुखुराको मासु ६ महिनासम्म सुरक्षित हुन्छ ।
 डिप फ्रिजमा राखेको मासुलाई टुक्रा गरी पकाउदा २ देखि ३ घण्टा जति कोठाको तापक्रममा राखि टुक्रा गरी पकाउनु पर्दछ ।
 मासुलाई पटक पटक तातो चिसो गर्नु हुदैन यसले मासुको अवस्था र गुणस्तर विग्रन्छ ।

१०) पशु वधशाला भित्र उपलब्ध हुनु पर्ने सुबिधाहरु :

पशुवधशाला र मासु जाँच निर्देशिका २०६४ को ४(३) मा पशु वधशाला भित्र देहाय बमोजीमका सुबिधाहरु हुनुपर्ने उल्लेख छ ।
 फोहर संकलन गरी तह लगाउने उपकरणको प्रयाप्त व्यवस्था ।
 नष्ट गरीएको मासु वधशालाबाट बाहिर निकासी गर्दा खान योग्य मासुसंग लसपस हुन नपाउने व्यवस्था ।
 उपकरणहरु सफ गर्ने र निःसंक्रमण गर्ने आवश्यक व्यवस्था ।
 कुखुरा ढुवानी गरिेने र क्रेट र साधनलाई सरसफाई एबं निःसंक्रमण गर्ने व्यवस्था ।
 वधशालाको प्रबेशद्वारा निःसंक्रमणका लागी आवश्यक ब्यवस्था ।
 बधशालाको प्रबेशमार्गमा सफा क्षेत्रबाट फोहर क्षेत्रतर्फ उन्मुख ।
 पानी प्रयोग हुने सबै क्षेत्रमा ढल निकासको ब्यवस्था ।
 चिसो पार्नु नपर्ने कोठाहरुमा आबश्यक मात्रमा प्राकृतिक प्रकाश र स्वच्छ हावाका लागि झ्यालहरुको ब्यवस्था ।
 आपतकालिन बत्तिको अलग्गै ब्यवस्था ।
 कोठा भित्र भएको हावा बाहिर फ्याक्ने पंखाको व्यवस्था ।
 खानेपानी प्रयाप्त नभएको ठाँउमा मासु सफा गर्ने र बधशाला सफा गर्ने पानी छुट्टाछुट्टै पाईपबाट बितरण गर्ने व्यवस्था ।
 पशु वध गर्ने हलमा सफा स्वच्छ तातोपानीको नियमित आपुर्ती व्यवस्था ।
 हात धुनका लागि तातो चिसो पानी साबुन ब्रसको व्यवस्था ।
 वधशाला भित्रको भुईको सतह सफा क्षेत्रबाट फोहर क्षेत्रतर्फ हल्का भिरालो भई ढलमा जोडीएको र जोडिने मुखमा छान्ने जडान गरिएको र
 वधशाला भित्रका भित्ता भुई देखी १.६ मिटर उचाईसम्म सिमेन्टले बनाएको चिल्लो र ईपोक्सीरेशन रङ्ग लागाई त्यस भन्दा माथि छतसम्म कुनै हल्का रङ्ग पोतेको ।

११) मासु पसलको मापदण्ड :

 बिक्री कक्षमा पानी नजम्ने गरी सजिलैसंग सफा गर्न सकिने र चराचुरुङ्गी, किरा, मुसा लगायत अन्य घरपालुवा जनावरहरु जस्तै ः कुकुर, बिरालो, आदि प्रवेश गर्न नसकिने गरी बनाएको हुनु पर्दछ ।
 पसलको भित्ता सेतो टायल र भुईमा सेतो मार्वल प्रयोग भएको तथा सिलिङ्गबाट धुलो मैलो नखस्ने र पानी नचुहिने हुनु पर्दछ ।
 मासु तौल गर्ने डिजिटल मेसिन (तराजु) अलग्गै प्रयाप्त ठांउ भएको हुनु पर्दछ ।
 मासु काट्ने टेवुल वा स्थानमा शिसा र जाली लगाईएको भुई भन्दा कम्तिमा आधा मिटर उचाई भएको हुनु पर्दछ ।
 पसलबाट निस्कने फोहोर बस्तु, खेर गएको टुक्रा मासु तथा अन्य पदार्थ व्यबस्थित तरीकाले तह लगाउन सकिने किसिमको हुनुपर्दछ ।
 स्वच्छ र सफा पानीको पर्याप्त व्यवस्था भएको हुनुपर्दछ ।
 मासु बिक्रेताले अनिवार्य रुपमा सेतो र सफा कपडाको एप्रोन लगाउनुपर्नेछ ।
 मासुको गुणस्तर कायम राख्नको लागि बिक्री कक्षमा कम्तिमा चालु अवस्थाको चिस्यान (डीप फ्रिजको) व्यवस्था हुनुपर्दछ ।
 प्रयोग गरिने पानीको निकास सजिलै र व्यवस्थित व्यवस्था भएको हुनुपर्दछ ।
 बिक्रीको लागि राखिएको मासुमा पानी छर्केने, मासु पानीमा डुवाउने वा पानीले भिजाएको कपडाले छोप्ने गर्ने कार्य गर्न र गराउनु हुँदैन ।
 मासु काट्ने औजार खिया नपर्ने स्टेनलेस स्टीलको हुनुपर्दछ ।
 प्रयोग नभएको अवस्थामा अचानो, टेवल सफा र झिंगा नभन्कने किसिमको हुनुपर्दछ ।
 मासुको आकर्षण बढाउनको लागि कुनै किसिमको रंग, औषधि, रसायन प्रयोग गर्नु हँुदैन ।
 बध गरिएको पशुको भित्र्यांस, आन्द्रा, भँुडी, टाउको, खुट्टा, हड्डी जस्ता भागहरु मासु विक्री पसलमा मासु लसपस नहुने गरी अलग्गै राखेको हुनुपर्दछ ।
 मासु बधस्थल वा बधशालाबाट बिक्री वितरण गरिने मासु पसल सम्म ढुवानी गर्दा कोल्डचेन भेहिकल –गाडीबाट) ढुवानी गरेको मासु विक्री वितरण गर्नुपर्ने हुन्छ ।
 मासु बिक्रेता दीर्धरोगी वा कुनै रोगको संक्रमण (टी.वी, अन्य सरुवा रोग) नभएको अर्थात मासु विक्री वितरण गर्ने व्यक्ति स्वास्थ्य हुनुपर्दछ ।
१२) मासुको ओसार पसार गर्ने साधनमा हुनु पर्ने व्यवस्था :
 मासु ओसार पसार गर्ने साधनको भित्रि भागमा प्रयोग गरिएको सबै सामाग्रीहरु खिया नलाग्ने, चिल्लो सतह भएको, पानि नसोस्ने सजिलै सफा गर्न सकिने र नि.संक्रमण गर्दा प्रयोग गरीने रसायनले कुनै असर नपर्ने खालको भएको ।
 मासु ओसार पसार गर्ने साधनको जडित झ्याल ढोकाहरु राम्ररी बन्द गर्न सकिने किसिमको भएको ,
 मासु ओसार पसार गर्नु पर्ने अवधिभर आवश्यक तापक्रम मिलाएर राख्न सकिने किसिमको भएको ,
 मासु ओसार पसार गर्दा मासु राख्न प्रयोग गरीने भाँडो भित्री भाग औजार तथा उपकरण सफा र खिया नलाग्ने भएको ।

१३) मासुको ओसार पसार गर्दा मिलाउनु पर्ने व्यवस्था :

 मासुको ओसार पसार खुल्ला रुपमा गर्न नपाईने ,
 मासुसंगै आन्द्रा भुँडी, भित्र्याँश, टाउको, खट्टीजस्ता पदार्थ ओसार पसार गर्नु परेमा मासुसंग लसपस नहुने गरी अलग अलग बन्द गरी लैजानु पर्ने ,
 मासु ओसार पसार गरिने साधन मासु राख्नु अघि निःसंक्रमण गरीएको हुनु पर्ने ।
 मासु ओसार पसार हुने मासुको कुनैपनि भाग जमिन वा खुल्ला ठाँउमा नछाईएको र अन्य कुनै बस्तुबाट दुषित नभएको हुनु पर्ने ,
 मासुको ओसार पसारमा प्रत्यक्ष संलग्न रहने ब्यँिक्त क्षयरोग वा अन्य संक्रामक रोग लागेको हुन नहुने,

१४) मासुसंग सम्बन्धितहरुको व्यक्तिगत सरसफाई र चाल चलन :

पशु वधशाला वा मासु प्रशोधन स्थान वा मासु पसलमा काम गर्ने कामदारहरुले व्यवस्थापनद्वारा निर्धारण गरिएको नियम अनुसार व्यक्तिगत सरसफाई र व्यक्तिगत चालचलन सुव्यवस्थित गर्न अपनाईएको मापदण्डहरुको राम्रोसंग पालना गर्नु पर्दछ । कामदारको कर्तब्य र दायित्व निम्नअनुसार हुनुपर्दछ ।
 मासुपसल वधशाला वा प्रशोधन कक्ष भित्र प्रबेश गर्ने व्यक्तिले व्यवस्थापनद्वारा बितरण गरिएको निर्धारित पहिरन र जुत्ता लगाएर मात्र प्रबेश गर्नु पर्दछ ।
 कामदारको नङ छोटो र सफा हुनुपर्दछ । नङ टोक्ने बानी भएका र नङमा पालिस राख्नेलाई निरुत्साहित गर्नु पर्दछ ।
 कामदारको टाउकोबाट रौ झरेर खाने कुरामा पर्ने समस्यालाई हल गर्न अनिवार्य टोपी वा कपाल छोप्ने कपडाको प्रयोजन गर्नु पर्दछ ।
 कामदारको हातमा घाउ लागेको वा कुनै खटिरा आदि आएको छ भने प्लाष्टिकको टेप वा ब्याण्डेज लगाएर मात्र काममा संलग्न गराउनु पर्दछ ,
 टाउको कन्याउने हात मुखको भित्र बाहिर गर्ने, बारम्बार खोक्ने र थुक्ने बानी आदि भएका कामदारलाई सो बानी हटाउन लगाउनु पर्दछ । सम्झाएर पनि बानी नहटेमा कामबाट बञ्चित गराउनु पर्दछ ।
 पान खाने, धुम्रपान, चुन, सुपारी आदि खाने प्रथालाई निषेध गर्नु पर्दछ ।
 कामदार सफा सुग्धर हुन नितान्त जरुरी छ ।
 क्षयरोग, छाला सम्वन्धि रोग तथा अन्य संक्रामक रोग लागेको ब्यक्तिलाई कामदारको रुपमा प्रयोग गर्नु हुदैन र त्यस्ता व्यक्तिलाई मासुपसल, पशु वधशाला वा प्रशोधन कक्ष भित्र प्रबेश गर्न दिनु हुदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी