असोज २० काठमाण्डौं । ससद सचिवालयमा कार्यरत महिला कर्मचारी रोसनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको दशैं हिरासतमै बित्ने भएको छ ।
शुक्रबार परेको जाहेरीका आधारमा आईतबार महरालाई निवासबाटै पक्राउ गरिएको थियो ।
महरा घरमा खसी काटेर खाने क्रम चलिरहेका बेला उनलाई पक्राउ गरिएको थियो ।
उनी अनामनगर स्थित सिंहदरबार बृतको हिरासतमा राखिएका छन् । असोज २८ गते भन्दा यता अभियोग पत्र पेश गर्न अदालत बन्द रहेकाले पनि उनी दशैभर हिरासतमै रहनेछन् ।
यो मुद्धामा २५ दिन सम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline