१६ असोज, काठमाडौं ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अरुको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न नहुने बताएका छन् ।
विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्न नहुने बताए ।
सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने भन्दै उनले हरेक मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्ने बताए ।
धर्म, संस्कृति पुर्खाको देन भएको भन्दै उनले त्यसको संरक्षण गर्नु हाम्रो दायित्व भएको बताए ।
पूर्वमन्त्री डा प्रकाशशरण महतले समाजको सांस्कृतिक परम्परा जोगाउन क्लबले गरेको प्रयास धेरैका लागि अनुकरणयोग्य भएको बताए ।
आफ्नो परम्परागत धर्म, संस्कृति पनि समृद्धि र पहिचानका आधार रहेको उल्लेख गर्दै उनले यसप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।