युएफा च्याम्पियन्स लिगः इंग्लिश क्लबहरु लिभरपुल र चेल्सी विजयी

युएफा च्याम्पियन्स लिगः इंग्लिश क्लबहरु लिभरपुल र चेल्सी विजयी

  • बिहिबार, अशोज १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, असोज १६ ।
युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् ।
बुधवार राति भएको खेलमा लिभरपुलले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई ४–३ ले पराजित गरेको छ । यही समूहको अर्को खेलमा बेल्जियमको गेन्क र इटालीको नापोलीले गोलरहित बराबरी खेले ।
समूह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोनाले इटालीको इन्टर मिलानलाई २–१ ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले चेक गणतन्त्रको स्लाभिया प्रागलाई २–० ले पराजित ग¥यो ।
यसैगरी समूह ‘जी’ को खेलमा फ्रान्सको ओलम्पिक लियोंले जर्मनीको आरबी लेप्जिगलाई २–० ले हराउँदा रुसको जेनिथले पोर्चुगलको बेनिफिकालाई ३–१ ले पराजित ग¥यो ।
च्याम्पियन्स लिग समूह ‘एच’ को खेलमा इंग्ल्याण्डको चेल्सीले फ्रान्सको लिललाई २–१ ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्पेनको भ्यालेन्सियामाथि ३–० को सहज जित निकाल्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ