नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरबाट ओमान ओमानतर्फ

नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरबाट ओमान ओमानतर्फ

  • बिहिबार, अशोज १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, असोज १६ । सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजमा सहभागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरबाट सिधै ओमान जाँदैछ ।
सिंगापुरमा आफ्नो खेल सकाएर नेपाली टोली आज ओमानको मस्कट जान लागेको हो । त्रिकोणात्मक शृंखलाअन्तर्गत हिजो नेपाल र सिंगापुरबीचको खेल वर्षाले रद्द भएपछि नेपालको उपाधि जित्ने सम्भावना सकिएको हो ।
सिंगापुरको शृंखला सकाएर नेपाल सिधै ओमान जान लागेको हो । ओमान क्रिकेटले आयोजना गर्ने पाँच राष्ट्रबीचको ट्वेन्टी ट्वेन्टी शृंखलामा आयोजक ओमानसहित नेपाल, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड सहभागी हुँदैछन् । शृंखला यही असोज १८ देखि २३ सम्म चल्नेछ । नेपालले पहिलो खेल असोज १९ गते हङकङविरुद्ध खेल्नेछ ।
युएईमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको शृंखला खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरेपछि शृंखलामा सहभागी हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ