महराले पुनः सच्याएर आज दिए फेरी राजीनामा सभामुखबाट

महराले पुनः सच्याएर आज दिए फेरी राजीनामा सभामुखबाट

  • बुधबार, अशोज १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

असोज १५ काठमाण्डौं । संसद सचिवालयमा काम गर्ने एक महिलामाथि बलाात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले हिजोको राजीनामा पत्रमा भाषा नमिलेको भन्दै आलोचना भए पछि आज त्यसलाई सच्याएर पुनः राजीनामा दिएका छन् ।
हिजो छानविन नहुञ्जेलका लागि भनेर लेखिएको भाषाको बारेमा विरोध भए पछि आज फेरी नैतिकताका आधारमा भन्दै राजीनामा उपसभामुख समक्ष बुझाएका हुन् ।
उनले हिजोकै मितिमा राजीनामा पत्रको व्यहोरा सच्याएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दिएका हुन्।
महराले मंगलबार ‘छानबिन प्रक्रिया नसकिंदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए। तर उनले नयाँ राजीनामा पत्रमा भने त्यो वाक्य हटाएका छन्।
स्रोतका अनुसार महराले नयाँ राजीनामा पत्रमा ‘नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनेर उल्लेख गरेका छन्।
संसद सचिवालयमै कार्यरत एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महरालाई सभामुख र सांसद पदबाट राजीनामा गर्न नेकपाको सचिवालय बैठकले सुझाएको थियो। तर महराले सभामुख पदबाट मात्र राजीनामा दिएका छन्। उनले पार्टी सचिवालय बैठकको निर्णयअनुसार सांसद पदबाट राजीनामा दिएका छैनन्।

महराले नयाँ राजीनामा पत्र बुझाएपछि संघीय संसद सचिवालयले राजीनामाको सूचना टाँसेको छ । महराले सांसद पदबाट राजीनामा नदिए राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्थामार्फत् महरालाई हटाउने चेतावनी नेकपाले दिइसकेको छ ।
महराले राजीनामा दिएसँगै उनको नाम संघीय संसद सचिवालयको वेवसाइटबाट समेत हटाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ