अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

  • मङ्लबार, अशोज १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, असोज १४ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत् समूह चरणको तेस्रो खेलका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलका लागि अखिल नेपाल फुटबल संघले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो ।

छनोट हुने खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् ।

त्यस्तै, डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

मिडफिल्डरमा रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार व्यहोरेको थियो ।

त्यस्तै, दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० गोललेले पराजित गरेको थियो । अष्ट्रेलिया बलियो टोली भएकाले नेपालले रक्षात्मक रणनीतिमा खेल्ने छ । दुई खेलबाट नेपालले तीन अंक बटुलेको छ । आठ समुह मध्य शीर्ष आठ र उत्कृष्ट चार उपविजेता गरी १२ टोलीले तेस्रो चरणको छनौटमा भाग लिन पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ