नेपालद्वारा सिंगापुरमाथि शानदार जित

नेपालद्वारा सिंगापुरमाथि शानदार जित

  • शनिबार, अशोज ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, ११ असाेज । त्रिकोणात्मक सिरीज अन्तर्गत नेपालले सिंगापुरमाथि शानदार जित दर्ता गरेको छ।  सिंगापुरविरुद्ध नेपालले शुक्रबारको खेलमा नौ विकेटको जित दर्ता गरेको हो। यो शानदार जितसँगै टी-२० मा सतक बनाउने पारस खड्का पहिलो खेलाडी बनेका छन्।

त्रिदेशीय टी-२० सिरिजको दोस्रो खेलमा सिंगापुरले नेपाललाई जितका लागि १५२ रनको लक्ष्य दिएको थियो।  सिंगापुरले टस जितेर पहिलो ब्याटिङ गरेको थियो। उसले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको हो। उसका लागि कप्तान टीम डेविडले नटआउट ४ छक्का र ३ चौकाको मद्दतमा सर्वाधिक ६४ रन बनाए। त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रन र जनक प्रकाशले २५ रन जोडे।

नेपालका लागि करण केसीले २ विकेट लिएका थिए। उनले ४ आभेरमा ३४ रन खर्च गरे। त्यस्तै सुशान भारीले एक विकेट लिए। ओपनिङ बलिङ गरेका सोमपाल कामी भने महङ्गा सावित भएका थिए। उनले ४ ओभरमा ४४ रन खर्चिएका उनले कुनै पनि विकेट लिएका थिएनन्।

एक सय ५२ रनको लक्ष्य पक्ष्याएको नेपालका कप्तान खड्काले शानदार सतक प्रहार गरे। नेपालले पारसको शतकको मद्दतमा १६ ओभरमा एक विकेट गुमाएर शानदार जित दर्ता गर्यो।

सुरुवात राम्रो गर्न नसकेको नेपालले ९ रन बनाउँदा एक विकेट गुमाएको थियो। १.३ ओभरमा नेपालका इशान्त पाण्डे एलबीडब्लू धरापमा परेका थिए । दोस्रो विकेटका लागि कप्तान पारस र आरिफ शेखले एक सय ४५ रनको साझेदारी गर्दा नेपालले शानदार जित दर्ता गरेको हो।

अविजीत रहेका कप्तान खड्काले ५२ बलमा सात चौका र नौ छक्का प्रहार गर्दै एक सय ६ रन बनाए भने आरिफले ३९ रनको योगदान गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ