देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना, यस्तो छ मौसमकाे अवस्था

देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना, यस्तो छ मौसमकाे अवस्था

  • शनिबार, अशोज ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, असोज ११ ।  अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको प्रभावले देशभर मनसुनी गतिविधि केही सक्रिय रहेको छ । यो अझै सक्रिय नै रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली रहेको जनाइएको छ ।

अर्को न्यूनचापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको महाशाखाले जनाएको छ । सोही कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही र पश्चिमका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रहनेछ । महाशाखाकाअनुसार शनिबार दिउँसो देशको पूर्वदेखि पश्चिमसम्मका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।यस्तै, देशका मध्य तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पूर्वदेखि पश्चिमसम्मै अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका पूर्व र मध्यका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका मध्य तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ