क्यानको विशेष साधारणसभा आज हुँदै, भाेली चुनाव हुने

क्यानको विशेष साधारणसभा आज हुँदै, भाेली चुनाव हुने

  • शुक्रबार, अशोज १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, असोज १० । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आज हुँदैछ । भोलि चुनाव हुने छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो साधारणसभालाई निकै चासोका साथ हेरिएको छ ।

साधारणसभाले नयाँ नेतृत्व चयन गरेपछि क्यानमाथिको निलम्बन फुकुवा हुने विश्वाश गरिएको छ । नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दले आकंक्षा देखाएका छन् । यसैगरी उपाध्यक्षमा राजाबाबु श्रेष्ठ र मिङ्मा डाण्डु शेर्पाले प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

सचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनालीले इच्छा देखाउदा कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईको चर्चा चलिरहेको छ । १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नका लागि ५९ जना मतदाता छन् ।

४ वर्षको कार्यकालको चयनका लागि सदस्य जिल्लाबाट १–१ प्रतिनिधि गरेर ३९ र प्रदेशका २० जनाले भोट हाल्न पाउनेछन् । कार्यसमितिमा एक जना महिला अनिवार्य हुने व्यवस्था भएपछि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि भएर आएकी जयन्ती भट्ट निर्विरोध निर्वाचित हुने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ