निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको उपाधिका लागि वडा नम्बर ५ र वडा नम्बर १ भिड्ने

निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको उपाधिका लागि वडा नम्बर ५ र वडा नम्बर १ भिड्ने

  • बिहिबार, अशोज ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

धनगढी, असोज ९ ।
पुर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा धनगढीमा भईरहेको निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको उपाधिका लागि वडा नम्बर ४ र वडा नम्बर १ भिड्ने भएका छन् । क्वाटरफाईनल र सेमिफाईनलका खेलमा जित हात पार्दै दुवै टीम उपाधिका लागि भिड्ने भएका हुन् । वडा नम्बर ५ को स्टार सिटी क्लब र वडा नम्बर १ को फारवेष्ट पशुपति युवा क्लब शुक्रबार उपाधिका लागि भिड्ने लागेका छन् ।
निसर्ग अस्पतालको मुख्य प्रायोजनमा भईरहेको निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिताको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगद सहित ट्रफी मेडल पुरस्कार दिईनेछ ।
पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा भईरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा वडा नम्बर १ फारवेष्ट पशुपति युवा क्लबले वडा नम्बर ७ नवोबुद्ध युवा क्लबलाई १०—१ ले हरायो । फारवेष्टले यसअघि क्वाटरफाईनलमा वडा नम्बर ५ फोर्स मोटर्सलाई ५—३ ले पराजित गरेको थियो । दोस्र्रो सेमिफाईनलमा वडा नम्बर ५ स्टार सिटी क्लबले वडा नम्बर ४ ए लाई ७—३ ले किनारा लगायो । वडा नम्बर ४ पहिलो चरणको खेलमा पराजित भएपनि वेष्ट लुजर हुँदै क्वाटरफाईनल पुगेको थियो । वडा नम्बर ४ ए भने आफ्नै वडाको बी टीमलाई हराएर सेमिफाईनल पुगेको थियो । यसअघि स्टार सिटीले क्वाटरफाईनलमा वडा नम्बर ८ धनगढी युवा क्लबलाई १०—१ ले हराएको थियो ।
प्रतियोगितामा धनगढी उपमहानगरपालिका वडाका टीमहरुको सहभागी रहेको थियो । फुटसल प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ टीमको सहभागीता रहेको थियो ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना भईरहेको प्रतियोगिताको मुख्य प्रायोजकमा निसर्ग अस्पताल रहेको छ । सह—प्रायोजकमा गोर्खा ब्रुअरीको उत्पादन टुबोर्ग रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ