काठमाडौं, ९ असाेज । सरकारले दावा फुटी शेर्पालाइ स्पेनका लागि नेपाली राजदूतमा नियुक्त गरेकाे छ। राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारीसमा शेर्पालाई बिहीबार राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
सरकारले जेठमा फुटीलाई राजदूत सिफारिस गरेको थियो। शेर्पा पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष हुन्। हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी दाबा फुटी अमेरिका अध्ययन सकेर केही वर्षअघि नेपाल फर्केकी हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline