कृषि विकास बैंकबाट अवैध रुपमा तीन करोडबढी पैसा झिकेकाे खुलासा

कृषि विकास बैंकबाट अवैध रुपमा तीन करोडबढी पैसा झिकेकाे खुलासा

  • बुधबार, अशोज ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं, ८ असाेज । कृषि विकास बैंकका लाहानस्थित शाखा कार्यालयबाट अवैध रुपमा तीन करोड रुपैंयाँ बढी पैसा झिकेर प्रयोग गरेको खुलासा भएकाे छ । बैंकको आयब्यय विवरणमा रहेको नाफा रकममध्ये करिब ४ करोड रुपैयाँ बैंककै कर्मचारीले आफ्नो र परिवारको विभिन्न खाताहरुमा सारेको पाइएको हो ।

अचानक ठूलो राशीको रकम झिकेको पाइएपछि बैंक ब्यवस्थापनले निगरानी बढाएको थियो । गैरकानुनी रुपमा रकम झिकिएको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले पैसा झक्ने कार्यमा संलग्न केहीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

सुरुमा  नौ/नौ लाख रुपैयाँका दरले दुई करोड रुपैयाँ झिकेको फेला परेको छ । पैसा झिक्ज सिष्टम नै ह्याक गरिएको बुझिएको छ । बैंकिङ सिस्टमको सफ्टवेयर प्रयोग गरी युजर आइडीको दुरुप्रयोग गर्दै पैसा झिकेको पाइएको हो । ब्यक्तिगत युजर प्रयोग गरेर मात्र बैंकको सफ्टवेयर प्रणालीभित्र छिर्न सकिन्छ । त्यस्तो युजर बैंकका कर्मचारीलाई मात्र प्रयोग गर्न दिने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ