बारा, असोज ७ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालले हावाहुरी प्रभावित परिवारका विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ । विद्यार्थी परिषद्ले मंगलबार बाराको भलुइ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ४ र ५ मा अध्ययनका लागि अभावमा रहेका हावाहुरी प्रभावित विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको हो ।
बाराका हावाहुरि प्रभावित परिवारका ४० जना विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरिएको विद्यार्थी परिषद्का राष्ट्रिय सचिव छितराज न्यौपानेले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा राष्ट्रिय सचिव न्यौपानेले विद्यार्थी परिषदको सामाजिक एवं मानवीय कार्यका बारेमा बताउदै विद्यार्थी परिषदले हिमाल, पहाड र तराई कोहि छैन पराइ लाई आत्मसात गर्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
विद्यार्थी परिषदले बाराको दुखलाई बाड्नका लागि पनि विद्यार्थी परिषदका जुम्ला, संखुवासभा, काठमाडौ, पोखरा, धनगढी जस्ता विभिन्न इकाईले राहत संकलन गरि ट्र्याकसुट् बनाइ वितरण गरेको हो ।
कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सचिव एवं वाग्मती प्रदेश संगठन सचिव छितराज न्यौपाने, जानकी प्रदेश सचिव घनश्याम नायक, वीरगन्ज नगर सचिव राजाबाबु यादव र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।