इँवा खोलाकाे विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडियाे

इँवा खोलाकाे विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडियाे

  • मङ्लबार, अशोज ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

ताप्लेजुङ, असोज ७ । इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाइड्रोपावर कम्पनीले निर्माण गरेको इँवा खोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.९ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो ।

गएको साउनमा नै निर्माण सम्पन्न भएको आयोजनाबाट काबेली करिडोरअन्तर्गत् पाँचथरको अमरपुरस्थित सबस्टेसनमार्फत् असोजको सुरुबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको परियोजनाका निर्देशक कुबेरमणि नेपालले जानकारी दिए । निजी क्षेत्रको लगानीमा सम्पन्न भएको आयोजना २०७३ सालदेखि सुरु भएको थियो ।

कुल एक अर्ब ६० करोड रुपैयाँको लागतमा सम्पन्न गर्ने योजना भएपनि पहिरोलगायतका कारण १५ प्रतिशत लगानी बढेको निर्देशक नेपालले बताए ।

आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीयको १० प्रतिशत लगानी रहेको आयोजनामा १५ प्रतिशत सर्वसाधारणको, २५ प्रतिशत रिडी हाइड्रोपावर कम्पनीको र ५० प्रतिशत सन्चालक तथा संस्थापक सेयरधनीको लगानी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ