तेस्रो संस्करणको साफ च्याम्पियनसिपमा नेपालकाे खराव प्रदर्शन

तेस्रो संस्करणको साफ च्याम्पियनसिपमा नेपालकाे खराव प्रदर्शन

  • सोमवार, अशोज ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं । नेपालले काठमाडौंमा जारी १८ वर्ष मुनिको तेस्रो संस्करणको साफ च्याम्पियनसिप फुटबलमा खराव प्रदर्शन गरेको छ ।

नेपाल कमजोर आँकिएको भुटानसंग ३-० ले पराजित भएको हो । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल खायो

काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा नेपालले गोल गर्ने केही प्रयास भने खेर फालेको थियो ।

पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको नेपाल सेमिफाइनलबाट लगभग बाहिरिने पक्का भएको छ ।

दुई पटकको च्याम्पियन नेपाल अब माल्दिभ्सविरुद्धको खेलमा भुटानले तीन भन्दा बढी गोलको अन्तरले जित हासिल गरेमात्र सेमिफाइनलमा पुग्नेछ ।

प्रतियोगितामा नेपालको समूहमा नेपाल, भुटान र माल्दिभ्स रहेका छन् । अर्को समूहमा भारत, बंगलबादेश र श्रीलंका रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ