इंग्लिश प्रिमियर लिगः लिभरपुलले चेल्सीलाई २–१ ले हरायाे

इंग्लिश प्रिमियर लिगः लिभरपुलले चेल्सीलाई २–१ ले हरायाे

  • सोमवार, अशोज ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, असोज ६ । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई २–१ ले हराएको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुल विजयी भएकाे हाे । खेलमा लिभरपुलका लागि अलेक्जेण्डर आर्नोल्ड र रोबर्टो फर्मिनोले एक–एक गोल गरे । चेल्सीका एन्गोलो कान्टेले एक गोल फर्काए । जितसँगै लिभरपुलले प्रिमियर लिग फुटबलको जारी सिजनमा आफ्नो शत प्रतिशत विजय यात्रा जारी राखेको छ ।

गएराति भएको अर्को खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ ले हराउँदा क्रिष्टल प्यालेस र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेलेका छन् । म्यान्चेस्टर युनाइटेड भने गएराति पराजित भएको छ । उसलाई लण्डन क्लब वेष्ट ह्याम युनाइटेडले २–० ले हराएको हो । हारपछि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गुना सोल्सायरमाथिको दबाब झनै बढेको छ ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । १३ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटी, चौथो स्थानको आर्सनल तथा पाँचौ स्थानको वेष्ट ह्याम युनाईटेडको समान १–१ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ