बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा ग्रानाडासँग पराजित

बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा ग्रानाडासँग पराजित

  • आइतवार, अशोज ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

५ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा ग्रानाडासँग पराजित भएको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा ग्रानाडाले बार्सिलोनालाई २–० गोलअन्तरले पराजित गरेको हो । ग्रानाडाको जितमा रमोन अजिज र अल्भारो भडिल्लोले गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको ग्रानाडाले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो । खेलको दोस्रो मिनेटमा नै रमोन अजिजले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाएका थिए । खेलको ६६ औं मिनेटमा ग्रानाडाले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै अल्भारोले गोल गरेपछि बार्सिलोनाविरुद्ध ग्रानाडाले २–० गोलको जित निकालेको हो । पहिलो हाफमा मेस्सी र युवा खेलाडी फाती नखेलेको मौकामा ग्रानाडाले १ गोल गरेको भनिए पनि दोस्रो हाफमा उनीहरू मैदान छिर्दा पनि ग्रानाडा अर्को गोल गर्न सफल भयो ।

यही सिजनमा बढुवा भएर ला लिगा आएको ग्रानाडासँग स्टार खेलाडीले भरिएको बार्सिलोना पराजित हुनुलाई उसको २५ वर्षयताकै खराब प्रदर्शन भनिएको छ । बार्सिलोना ५ खेलबाट ७ अंक जोडेर अंक तालिकाको सातौं स्थानमा छ । ग्रानाडा भने ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ ।

स्पेनि ला लिगा फुटबलमै भएको अन्य खेलमा भिल्लारियलले रियल भ्यालाडोइडलाई २–० गोलअन्तरले पराजित गर्दा लेभान्टे र इबर तथा एथ्लेटिको मड्रिड र सेल्टा भिगोले भने गोलरहित बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ