चितवन मेडिकल कलेजका विद्यार्थीकाे माग पुरा नभए ने.क.पा.ले हस्तक्षेप गर्छः प्रकाण्ड(विज्ञप्तिसहित)

चितवन मेडिकल कलेजका विद्यार्थीकाे माग पुरा नभए ने.क.पा.ले हस्तक्षेप गर्छः प्रकाण्ड(विज्ञप्तिसहित)

  • शुक्रबार, अशोज ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले चितवन मेडिकल कलेज (सिएमसी)मा अध्ययनरत विद्यार्थीहरूकाे माग पुरा गर्न आग्रह गरेकेा छ । नेकपाका प्रवक्ता प्रकाण्डले शुक्रबार विज्ञप्ति निकाली समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुराेध गरेका हुन् ।

विद्यार्थीहरूले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै अघि बढेकाे  भन्दै अापत्ति समेत नेकपाले जनाएकाे छ ।

स्वास्थ्य शिक्षाको अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था रहेपनि स्वास्थ्य माफिया र दलालहरुले संविधान कानुन र औपचारिक निर्णयसमेतलाई लत्याएर लाखौं अवैध असुली गरिरहेको जगजाहेर नै रहेकेा भन्दै विज्ञप्तिमा भनिएकाे छ, त्यसको विरुद्ध चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आएका छन् । कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गरिरहेको छ ।’

केही दिनअघि कलेज प्रशासनद्वारा जारी विज्ञप्तिले त्यसको पुष्टि गरेकाे पनि प्रकाण्डले जनाएका छन् । साथै विज्ञप्तिमा समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुरोध गर्दै अन्यथा समस्यामाथि हस्तक्षेप गर्न पार्टी बाध्य हुने चेतावनी समेत दिइएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ