यूरोपा लिग फुटबल: आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी

यूरोपा लिग फुटबल: आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी

  • शुक्रबार, अशोज ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं, असोज ३ । इंग्लिश क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेड यूरोपा लिग फुटबलमा विजयी भएका छन् । लण्डन क्लब आर्सनलले गएराति जर्मनीको आइन्त्राच फ्राङ्कफर्टलाई ३–० ले हरायो । जर्मनीमा भएको खेलमा आर्सनललाई विजयी गराउन जोसेफ विलक, बकायो साका र पिएरे एमरिक औबामायङ्गले एक–एक गोल गरे ।

गएराति भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले काजखस्तानको एफसी एस्टानामाथि १–० को जित निकाल्यो । आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई साँघुरो जित दिलाउन मेसन ग्रिनउडले निर्णायक गोल गरे ।

अर्को इंग्लिश क्लब वुल्भरह्याम्पटन भने यूरोपा लिगको पहिलो खेलमै पराजित भयो । उसलाई पोर्चुगलको स्पोर्टिङ ब्रागाले १–० ले हराएको हो ।

यूरोपा लिग फुटबलका अन्य खेलहरुमा स्पेनको सेभिया र गेटाफे, स्कटल्याण्डको रेन्जर्स, युक्रेनको डाइनामो किभ, स्विटजरल्याण्डको एफसी बाजल र डेनमार्कको एफसी कोपनहेगन पनि विजयी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ