सशस्त्र युद्धका बेला अंगभंग भएकाहरुको कथा: युद्धका जीवित स्मृतिहरु

सशस्त्र युद्धका बेला अंगभंग भएकाहरुको कथा: युद्धका जीवित स्मृतिहरु

  • शुक्रबार, अशोज ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

इलाम, असोज ३ ।

संविधान दिवसको अवसर पारेर १० वर्षे सशस्त्र युद्धका बेला अंगभंग भएकाहरुको कथा संकलन गरेर इलाम सदरमुकाममा फोटो र भिडियो प्रदर्शनी गरिएको छ । अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा ‘युद्धका जीवित स्मृतिहरु, १४ कथाहरु’ नामक फोटो र भिडियो प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा देशभर छरिएर रहेका अपांगता भएका द्वन्द्वपीडितलाई संगठित गरेर १४ कथाका आवाज, फोटो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ । सशस्त्र द्वन्द्वका बेला युद्धरत दुवै पक्षबाट पाएको यातना, बिस्फोटन, गोली वा अन्य चोटका कारणले अपांगताका साथ बाँचेकाहरुको कथा फोटो र भिडियोमा समेटिएको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए ।

द्वन्द्वका क्रममा छाडिएका बेवारिसे बमबाट घाइते र अंगभंग भएकाहरुलाई राज्यबाट उचित सम्मान र सुरक्षाका लागि विशेष ध्यानाकर्षण गराउन यो अभियान सञ्चालन गरिरहेको बताइएको छ । १० वर्षे द्वन्द्वका समयमा देशभर १७ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए भने एक हजार ३५० भन्दा धेरै बेपत्ता भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ