काठमाडौ, २ असाेज । नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो सदस्य तथा महोत्तरी जिल्ला सेक्रेटरी भिम आले मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । आफ्नै घरमा खाना खाइरहेको अवस्थामा बिहिबार गौशाला इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले गैरकानुनी तथा अमानवीय ढङ्गले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
नेकपाका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महोत्तरी सेक्रेटरी भिम आलेलाई गिरफ्तार गरेको बताएका छन् ।
इन्चार्ज अरुणले आस्थाका आधारमा गिरफ्तार गरिएका भिम आले मगरलगायत झुट्टा अभियोग लगाई विभिन्न जेल र हिरासतमा राखिएका सम्पूर्ण नेताकार्यकर्ताहरु तत्काल र विनासर्त स–सम्मान रिहा गर्न आग्रह गर्दै अन्यथा त्यसका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने चेतावनी पनि दिएका छन् ।
