विद्यार्थी परिषद्का दिल्ली विभाग संयोजक भट्टराई युवा पुरस्कारबाट सम्मानित

विद्यार्थी परिषद्का दिल्ली विभाग संयोजक भट्टराई युवा पुरस्कारबाट सम्मानित

  • मङ्लबार, भदौ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं, भदौ ३१ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दिल्ली विभाग संयोजक युवराज भट्टराई युवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । भारत सरकारको भाषा एवं संस्कृति मन्त्रालयको संस्था साहित्य एकेडेमीले प्रदान गरेको युवा पुरस्कार २०१९ बाट उहाँ सम्मानित हुनु भएको हो ।

साहित्य एकेडेमीले हरेक वर्ष झैं यस वर्ष पनि २४ विभिन्न भाषाहरुमा युवापुरस्कार वितरण गरेको हो । यस वर्ष वितरित युवा पुरस्कारमा कविता विधा बढी रहेको छ । कविताका ११, कथाका ६, उपन्यास ५ र १ साहित्यिक आलोचनाको कृति पुरस्कारका निम्ति चयन कृतिहरु रहेका छन् ।

यस अन्तर्गत पाल्पा जिल्ला माणि ठूलो चौर गाउँमा जन्मिएका एवं विद्यार्थी परिषद्का दिल्ली विभाग संयोजक भट्टराईको भक्तिपरक वाग्विलासिनी काव्यलाई संस्कृत भाषामा युवा पुरस्कारका लागि छनोट गरिएको हो । प्रतिष्ठित पुरस्कार पाउने उहाँ पहिलो नेपाली युवा लेखक हुनुहुन्छ । एकेडेमीले पुरस्कार विजेतालाई ताम्र फलक एवं भारु ५० हजार राशिको चेक प्रदान गरेको हो ।

संस्कृतको पारम्परिक र आधुनिक दुबै धाराका विद्वान भट्टराईका वाग्विलासिनी र मनोनुरंजिनी नामक दुइटा संस्कृत काव्यहरु प्रकाशित भै सकेका छन्। यी दुबै काव्य कविताका शाश्वत विषय भक्ति र श्रृंगारलाई आश्रय बनाएर लेखिएका छन्।

प्राथमिक शिक्षा दीक्षा ठूलाचौर कै श्री जनप्रिय प्राथमिक विद्यालयमा लिनु भएको भट्टराई संस्कृत अध्ययनका लागि भारतको नयाँ दिल्लीस्थित शारदादेवीसंस्कृत विद्यापीठ नामक गुरुकुलमा प्रवेश गर्नु भएको हो । भट्टराईले अहिले दिल्लीविश्वविद्यालय कै कला संकाय अन्तर्गत संस्कृतविभागमा व्याकरण विषयमा पी एच डी अनुसन्धान –विद्या वारिधि गर्दै हुनुहुन्छ ।

सम्मानित भट्टराई भारत सरकारको सूचना प्रसारण मन्त्रालयको प्रसार भारती संस्थाको लोक प्रसारण केन्द्र अल इण्डिया रेडियो मा नेपाली तथा संस्कृत भाषामा समाचार सम्पादक एवं वाचकको रूपमा कार्यरत हुनुहुन्छ । उहाँ दूरदर्शनको डीडी न्यूज च्यानलमा संस्कृत डेस्कमा वार्ता सम्पादक, वार्ताहर, र वार्तावाचकका रूपमा पनि कार्यरत हुनुहुन्छ ।

उहाँ वर्तमानमा नयाँ दिल्लीस्थित स्वस्तिवाचन नामक संस्कृत प्रचारक संस्थाका उपाध्यक्ष पनि हुनुहुन्छ। यस अघि उहाँलाई बनारसको अखिल भारतीय विद्वत् परिषद्ले पनि युवाविद्वान्का रूपमा सम्मानित गरेको थियो। र बनारस कै विश्वप्रसिद्ध वाग्योग चेतना पीठले पनि उहाँको प्रतिभा र संस्कृतसेवा देखेर सम्मानित गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी