उच्च पदस्थहरूले प्रधानसेनापतिबाट सिक्ने कि ?

उच्च पदस्थहरूले प्रधानसेनापतिबाट सिक्ने कि ?

  • बुधबार, भदौ २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, २५ भदाै । प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेर राष्ट्रसेवक कर्मचारीमध्येमा आफूलाई भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्ने पहिलो नम्बरमा उभ्याएका छन् ।

प्रायः धेरै राष्ट्रसेवकले बोली र भाषणमा बारम्बार भ्रष्टाचारमा शून्य सहनशीलताको आवाज उठाउँछन् तर उनीहरूको व्यवहारमा त्यस्तो पाइँदैन ।

प्रधानसेनापति थापा मात्रै त्यस्ता राष्ट्रसेवक देखिए, जसले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमै लागू गरे ।

हाल निजामती, प्रहरी, शिक्षक, सेना, तथा सार्वजनिक संस्थामा कार्यरत गरी झन्डै ५ लाखको संख्यामा राष्ट्रसेवक कर्मचारी छन् । ती राष्ट्रसेवकमध्ये कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गर्ने तदारुकता देखाएका छैनन् ।

तर, प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेर अरूलाई चुनौती दिएका छन् । प्रधानसेनापति थापाले मंगलबार आफ्ना योजना र कार्यक्रम सुनाइरहँदा उनमा देखिएको सुशासनप्रतिको वास्तविक प्रतिबद्धता स्यालुट गर्न लायक थियो । राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ