विद्युत प्राधिकरणका प्रमुखसहित दुईजनाविरुद्ध मुद्दा दायर

विद्युत प्राधिकरणका प्रमुखसहित दुईजनाविरुद्ध मुद्दा दायर

  • सोमवार, भदौ २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, २३ भदाै । नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्र नवलपरासी (पूर्व) का कार्यालय प्रमुखसहित दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्यालय प्रमुख बिजयकुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुलाई सेवाग्राहीसँग ४६ हजार ५ सय ५५ रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । त्योभन्दा पहिले पनि उनीहरुले सेवाग्राहीसँग थ्रीफेज लाइन जडान गरिदिने भन्दै ९० हजार घुस लिएका थिए।

कार्यालय प्रमुख महरा र फोरम्यान काफ्लेविरुद्ध १ लाख ३६ हजार ५ सय ५५ विगो कायम गरिएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको माग दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

थ्रीफेज विद्युतीय लाइन जडान गर्ने कार्यका लागि ९० हजार घुस दिने राजु आचार्य सजाय माग दाबीमा पूर्ण छुट दिइ अख्तियारको साक्षीको रुपमा प्रस्तुत गरिने प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ