गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का निलम्बन

गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का निलम्बन

  • शनिबार, भदौ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

काठमाडौं, २१ भदाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले तत्कालीन एमालेबाट निर्वाचित लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई निलम्बन गरेको छ । बिहीबार बसेको प्रदेश कमिटीको बैठकले पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य खड्कालाई निलम्बन गरेको हो ।

पार्टीको नीति र जनताको भावना विपरित एकलौटी ढंगले खड्का अगाडि बढेकाले पार्टीको जिल्ला सदस्य लगायत सबै जिम्मेवारीबाट हाललाई निलम्बन गरिएको नेकपाका ३ नं प्रदेश सचिव आनन्द पोख्रेलले जानकारी दिए । उनले भने ,‘खड्कालाई पार्टीले दिएको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय भएको छ ।’

लिखु तामाकोशी गाउँ कमिटीमा आबद्ध नेकपाका जिल्ला कमिटीका सदस्यहरुले खड्काले पार्टीलाई बदनाम गरेको भन्दै कारवाहीको माग गरेका थिए । अध्यक्ष भएदेखि नै एकलौटी रुपमा गाउँपालिकामा मनोमानी गरेको भन्दै उपाध्यक्ष दीपशिखा दाहालसहित एमालेबाटै निर्वाचित वडाध्यक्षहरुले खड्काविरुद्ध पटक–पटक पार्टीको ध्यानाकर्षण गराउँदै आएका थिए ।

पछिल्लो समय लिखु तामाकोशी गाउँपालिकामा विद्युतीकरणमा १२ करोड ४४ लाखमाथि खर्च भएको पालिका अध्यक्ष खड्काले कार्यपालिका बैठकमा पेश गरेका थिए । गाउँपालिकाबाट विद्युतिकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने माग अध्यक्षले राखेपछि कार्यपालिकाका बहुमत सदस्यले अनुगमन गरेर मात्रै थप भुक्तानी दिने अडान राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ