सडक आयोजनाहरुमा व्यापाक भ्रष्टाचार !

सडक आयोजनाहरुमा व्यापाक भ्रष्टाचार !

  • शुक्रबार, भदौ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, भदौ २० ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सरकारले आगामी वर्ष मनाउन लागेको भ्रमण वर्ष २०२० सफल हुनेमा आशंका व्यक्त गरेका छन् । शुक्रवार बसेको बैठकमा बोल्दै सडक निर्माणका कामहरुमा भ्रष्टाचार र ढिलासुस्ती व्याप्त भएको गुनासो गरे ।

भ्रमण वर्ष र सडक पूर्वाधारहरुको अवस्थाका विषयमा छलफल गर्न विकास समितिले संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरुलाई बोलाएको थियो । दुबै मन्त्रालयका अधिकारीहरुलाई सांसदहरुले भ्रमण वर्ष सफल बनाउन सक्ने आधारहरुका विषयमा प्रश्न राखेका थिए ।

सरकारले भ्रमण वर्षका लागि भनेर घोषणा गरेका गन्तव्यहरुमा पुग्ने सडक समेत नरहेको भन्दै उनीहरुले सरकारको तयारी पर्याप्त नभएको गुनासो समेत गरे । बैठकको सुरुमै बोल्न समय पाएकी सांसद रंगमती शाहीले सडक आयोजनाहरुमा व्यापाक भ्रष्टाचार भइरहेको आरोप लगाउनुभयो ।

सडक आयोजनाहरु भ्रष्टाचारकै कारण समयमा सम्पन्न हुन नसकेको भन्दै उहाँले यसका कारण भ्रमण वर्षलाई नराम्रो असर गर्ने धारणा राख्नुभयो । नेपाल आउने पर्यटकहरु ठाउँ ठाउँमा ठगिने गरेकोमा पनि शाहीले चिन्ता व्यक्त गर्नुभयो ।

सांसद दुर्गा पौडेलले सरकारले पर्यटन वर्षलाई बजेट छुट्याएको भए पनि केही काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले पनि सडक आयोजनाहरुमा व्यापक भ्रष्टाचार भएको बताउनुभयो । सांसद पौडेलले सडक आयोजनाको नाम नै लिएर भ्रष्टाचार भएको आरोप लगाएकी थिइन् ।अर्का सांसद टेकबहादुर बस्नेतले सडकको दुरावस्था पर्यटन वर्षका लागि चुनौती रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ