वीरगन्ज, १८ भदाै । वीरगञ्ज प्रहरीको गोली लागेर सन्तोष दास घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय दासलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
दासको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइको छ ।सन्तोष दास पहिले आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लागेको छ । प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजाय भोगेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline