प्रहरीले कन्टेनर चालकद्धारा रसुवा बन्दको आह्वान, चालकलाई कुटेको भिडियो भाइरल

प्रहरीले कन्टेनर चालकद्धारा रसुवा बन्दको आह्वान, चालकलाई कुटेको भिडियो भाइरल

  • बुधबार, भदौ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

रसुवा, १८ भदौ ।
सवारी चालकमाथि कुटपिट गरेपछि आज कन्टेनर चालकहरुले रसुवा बन्दको आह्वान गरेका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि मंगलबार साँझ साढे चार बजे कुटपिट गरेकपछि आज बन्द आह्वान गरेका हुन्।
प्रहरीले ज्यादती गरेको विरोधमा गए राति नै चालकले टिमुरेमा जुलुस प्रर्दशन गरेका थिए । रसुवागढी नाकाभन्दा ४ किलोमिटर नजिक टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको हो ।
नेपाल प्रहरीका दुई व्यक्तिले जिल्लाको आमाछोदिङमो गाउँपालिका ३ गतलाङका श्रीमान तामाङलाई बिच सडकमा लछारपछार गर्दै कुटपिट गरेका हुन् ।
ना ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक तामाङलाई कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको सैन्य सहयोग अन्तर्गत रसुवागढी नाका हुँदै आएका सवारी साधनको ट्राफिक जाम हटाउन प्रहरीले केरुङ जाने कन्टेनरका चालकमाथि दिउँसै दुव्र्यवहार गरेको चालकहरुले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्ती निकालेको छ । सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।
विज्ञप्तिमा घटनाबारे छानबिन गरि दोषी उपर कारवाही गरिने भनिएको छ भने कुटपिट गर्ने प्रहरीको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए । प्रहरीले चालक तामाङलाई छानबिनको लागि नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ