बारा र पर्साका हुरी पिडितलाई आज घर हस्तान्तरण गरिदैँ

बारा र पर्साका हुरी पिडितलाई आज घर हस्तान्तरण गरिदैँ

  • बुधबार, भदौ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बारा, १८ भदाै । बारा र पर्साका हावाहुरी पिडितलाई बुधवार घर हस्तान्तरण गरिदैँ छ ।  गत चैत्र १७ गतेकाे हुरीका कारण विस्थापितलाइ नेपाली सेनाको जनता आवास कार्यदलले घर हस्तान्तरणा गर्न लागेकेा हाे । हुरी पिडतका लागि बारामा  ८०७ र पर्सामा ६२ वटा घर निर्माण गरेको गरिएकाे छ ।

रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले घरको स्थलगत निरीक्षण गरी साचो हस्तान्तरण गर्ने कार्यक्रम नेपाली सेनाले तय गरेको छ। घर हस्तान्तरण गर्न मन्त्री पोखरेल बुधबार बिहान बारा जादै छन् । सेनाका अनुसार मन्त्री पोखरेलले हुरीपीडितका लागि बनेका घरको निरीक्षण गरी वीरगन्जमा आयोजना हुने कार्यक्रममा साचो हस्तान्तरण गर्नछन्।

हुरीले बारा र पर्सामा ठूलो क्षति पुर्‍याएपछि चैत्र २१ गते मन्त्रिपरिषद् बैठकले हुरीपीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।  सो निर्णयपछि बारा र पर्सामा आएका नेपाली सेनाले बैशाख २१ गते शिलान्यास भएपछि घर निर्माणको काम थालेका थिए। घर निर्माणका लागि बारामा मात्रै झण्डै तीन हजार सेना खटिएका थिए। सेना १२ समूह बनाएर घर निर्माणमा जुटेका थिए।

रक्षा तथा उपप्रधानमन्त्री पोखरेल, उपप्रधानमन्त्री उपेन्द्र यादवसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रमुख र मुख्यमन्त्रीसहित १२ जनाले बारा र पर्सामा एकसाथ घरको शिलान्यास गरेका थिए। सेनाले बारा र पर्सामा गरी ८८१ घर निर्माण थालेको थियो। केही घरमा विवाद देखिएपछि सेनाले ८६९ घरको काम सुरु गरेको थियो।

हुरीका कारण २९ जनाको मृत्यु भएको थियो भने एक हजार भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो। क्षति संकलनमा नाम छुटेकाको घर निर्माण हुन सकेको छैन्। नाम छुटेका कारण घर पाउनबाट बञ्चित पीडित अझै टेन्टमा बस्न बाध्य छन्। बारामा मात्रै ५५६ जनाको नाम छुटेको भन्दै विरोध प्रदर्शनसमेत भएको थियो। सामान्य क्षति भन्दापनि पूर्णरुपमा घरबिहीन बनेका पीडितको तथ्यांक संकलन गरी घर निर्माणको कामलाई दोस्रो चरणमा अघि बढाइने बताइएको छ।

हुरी पीडितले घरको लागत प्रतिघर ४ लाख ८५ हजार रहेको छ। सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४६ हजार दरले रकम उलपब्ध गराएको थियो। कटिन्जेन्सी र निर्माण सामाग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ। सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेको छ। उक्त घर प्राकृतिक प्रकोप प्रतिरोधी रहेको सेनाको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ