भद्रपुर, भदौ १७ ।
झापा स्पोर्टस् अवार्डको तेस्रो संस्करण आगामी असोज १३ मा बिर्तामोडमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले मंगलवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्बाङको स्मृतिमा पछिल्लो दुई वर्षदेखि एनएसजेएफ झापाले आयोजना गर्दै आएको अवार्डअन्तर्गन वर्ष खेलाडी (पुरुष)लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा)लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिँदै आइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline