काठमाडौं, भदौ १७ ।
दोस्रो वरियताका टेनिस खेलाडी रफाइल नदाल वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस प्रतियोगिता युएस ओपनको क्वाटरफाईनलमा पुगेका छन् ।
अमेरिकाको न्युयोर्क्स्थित फ्लसीङ मिडोजमा आज बिहान सम्पन्न खेलमा क्रोएसियाका मारिन सिलिचलाई ३–१ को सेटमा हराउँदै नदाल अन्तिम आठमा पुगेका हुन् ।
सिलिच विरुद्धको खेल नदालले ६–३, ३–६, ६–१ र ६–२ को सेटमा जिते । नदालले अब क्वाटरफाईनलमा अर्जे्न्टिनाका डिएगो स्वार्जम्यानसँग खेल्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline