सहपाठी पक्राउको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थीद्वारा प्रर्दशन

सहपाठी पक्राउको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थीद्वारा प्रर्दशन

  • मङ्लबार, भदौ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

चितवन, भदौ १७ ।
चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले आज भरतपुरर्मा यालीसहित प्रर्दशन गरेका छन् । प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएर्को याली भरतपुरको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालय जान लाग्दा प्रहरीले रोकेपछि त्यही नै विद्यार्थीले प्रर्दशन गरेका थिए । विनाकारण पक्राउ परेका विद्यार्थी नेता स्याङ्तायनको तत्काल रिहाईको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरिनु लज्जास्पद भएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् । पक्राउ परेका स्याङ्तानलाई नछाडे आन्दोलनलाई चर्काउँदै लैजाने चेतावनी उनीहरुले दिएका छन् ।

शिक्षा मन्त्रालयले समेत शुल्कको बारेमा छलफल गर्न बोलाएको सन्र्दभमा विद्यार्थी नेता पक्राउ गरिनु आपत्तीजनक भएको विद्यार्थी नेता प्रकाश चन्दले बताउनुभयो । जिप्रका चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले केही कुरा सोधपुछका लागि प्रविनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी