गृह मन्त्रालयद्धारा २ हजार कर्मचारी माग, १५ दिनभित्र दरखास्त दिनुपर्ने

गृह मन्त्रालयद्धारा २ हजार कर्मचारी माग, १५ दिनभित्र दरखास्त दिनुपर्ने

  • मङ्लबार, भदौ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौ, भदौ १७ ।
गृह मन्त्रालयले देशैभरका स्थानीय तहका लागि दुई हजार जना कर्मचारी माग गरेको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो ।

एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) को पदमा ९ सय ९४ र फिल्ड सहायक पद (राजपत्र अनङ्कित द्वितीय श्रेणी) पदमा पनि ९ सय ९४ जना कर्मचारी आवश्यक परेको सूचनामा जनाइएको छ ।

इच्छुकहरूले अनलाइनबाटै दरखास्त पेश गर्नसक्ने पनि गृह मन्त्रालयले जनाएको छ । सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७ सय ५३ वटा स्थानीय तहमा रहने सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ