कपिलवस्तुको बेथी नदीमा बेपत्ता भएका तीनै जना मृत फेला

कपिलवस्तुको बेथी नदीमा बेपत्ता भएका तीनै जना मृत फेला

  • मङ्लबार, भदौ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बुटवल १७ भदौ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित बेथी नदीको बेलभरिया सन्तघाटमा हिजोदेखि वेपत्ता भएका एक बालिकासहित तीनैजना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा झण्डै २६ घण्टापछि तीनै जना मृत अवस्थामा फेला परेको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिप शम्शेर जवराले बताउनु भएको छ । नदीमा नुहाउने क्रममा स्थानीय २५ वर्षीया तारामती कहाँर, १५ वर्षीया तारा कहाँर र ८ वर्षीया बालिका खुस्बु रैदास बेपत्ता भएका थिए ।

उनीहरुको शव शुद्धोधन गाउँपालिका–६ स्थित ननखोरीयमा आज दिउँसो भेटिएको उहाले बताउनु भयो । नदी गहिरो, धमिलो र हिलाम्य भएकाले शव फेला पार्न समय लागेको उहाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ