काठमाडौको भण्डारखाल जङ्गलमा दुई जनाको शव फेला

काठमाडौको भण्डारखाल जङ्गलमा दुई जनाको शव फेला

  • मङ्लबार, भदौ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमांडौ १७ भदौ ।
काठमाण्डौ महानगरपालिका–८, गौशालामा रहेको भण्डारखाल जङ्गलमा आज बिहान खोटाङका एक महिला र एक पुरुषको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भएर काठमाण्डौको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाईको शव मंगलबार बिहान सँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिनुभयो ।

मर्निङ वाकमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा दुवैको शव झुण्डिएको अवस्थामा फेला परेको गौशाला प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाइ दुवै शव परीक्षणका लागि महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा लगिएको जानकारी दिनुभयो ।

उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ । बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदुरी गर्दथे । आज बिहान गिरीकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए ।
गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताउनुभयो । खोटाङ बस्दै आएकी दमाई काठमाण्डौ आएको कारण भने खुलेको छैन । उनी काठमाण्डौमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ