‘पशुहरुमाथिकाे क्रुर व्यवहारले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल पार्याे’

‘पशुहरुमाथिकाे क्रुर व्यवहारले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल पार्याे’

  • सोमवार, भदौ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, १६ भदाै । पशु सेवा विभागका महानिर्देशक डा.वंशी शर्माले पशुहरुमाथि भएका क्रुर व्यवहार अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल पार्ने खालको भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सुर्खेत र खोटाङ घटनाका दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए ।डा.शर्माले घटनाको छानबिन गर्न समिति गठन गरिएको र घाइते पशुहरुको उपचार भैरहेको जानकारी दिए ।

यता नेपाल भेटेनरी एशोसिएसन र स्नेहाज केयरले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई दण्डित गर्न माग गरेका छन् । पशु व्यवस्थापनमा सृजनात्मक, दीर्घकालिन तथा मानवीय उपाय अबलम्बन गर्नुपर्नेमा यस्ता क्रुर घटना हुनु गैह्रजिम्मेवारपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

केही समय अघि मात्र खोटाङमा छाडा कुकुरहरुलाई बर्बरतापूर्वक मारिएको थियो भने गत हप्ता सुर्खेतमा सयौं गाईगोरु भिरबाट खसाल्दा ३० भन्दा बढी मरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी