काठमाडौं, १६ भदाै । सुर्खेतको कटकुवामा भीरबाट लडाएर कयौँ गाई मारिएको घटनाको छानबिन गर्न प्रमुख प्रतिपक्षी कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले माग गरेको छ। घटनाको निन्दा गर्दै तरुण दलले दोषीलाई कारबाहीको माग गरेको हो।
तरुण दलले सोमबार विज्ञप्ति जारी गर्दै गौहत्या जघन्य अपराध भएको जनाएको छ। ‘गाई हाम्रो राष्ट्रिय जनावरका साथै धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व राख्ने जनावर हो,’ विज्ञप्तिमा भनिएको छ, संविधानले पनि संरक्षित गरेको गाईको हत्या गर्नु जघन्य अपराध हो ।’
तरुण दलले यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराएको छ। कटकुवामा भीरबाट लडाएर मारिएको अवस्थामा दुई दर्जन बढी गाई भेटिएका थिए।
बिहीबार नेपालगञ्जबाट दैलेख लैजानेक्रममा ८ वटा ट्रकमा लगिएको २९० वटा गाईमध्ये सुर्खेतको कटकुवामा २३ वटा गाई मृत भेटिएको थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline