तराईका जिल्लामा मूर्तिको व्यापार बढ्याे

तराईका जिल्लामा मूर्तिको व्यापार बढ्याे

  • शनिबार, भदौ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

सर्लाही, १४ भदाै । सर्लाहीसहित तराईका जिल्लामा मूर्तिको व्यापार बढेको छ । हरेक वर्ष भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने मिथिलाञ्चलमा मनाइने चौरचन पर्व नजिकिएसँगै मूर्तिको व्यापार बढेको हाे। उक्त दिन गणेशको मूर्ति स्थापना गरी पूजा गरिन्छ ।

पर्व नजिकिएसँगै जिल्ला सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगका ग्रामीण बस्तीमा गणेशको मूर्तिको किनबेच बढेको हो । यो समयमा मूर्ति बिक्रीबाट राम्रो आम्दानी हुने गरेको मूर्तिकारहरुले बताएका छन् । सदरमुकाम मलङ्गवाका स्वरुप रामले हिजोआज मूर्तिको माग अत्याधिक रहेको बताए ।

एक हजार पाँच सय रुपियाँसम्म निर्माण लागत लाग्ने एउटा मूर्ति तीनदेखि चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । जिल्लाका भित्री बस्तीहरुमा वर्षौदेखि मूर्ति बनाउँदै आएका परिवारका स–साना बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हिजोआज मूर्ति बनाउन भ्याइ–नभ्याई छ ।

उत्पादित मूर्ति गाउँबाटै बिक्री हुने गरेको छ । चौरचनमै दही जमाउन प्रयोग हुने माटोको भाँडाको व्यापार पनि हिजोआज राम्रै रहेको छ ।सदरमुकाम मलङ्गवा, हरिपुर, बयलवास, बरहथवा, लालबन्दीलगायतका बजारमा मूर्ति र माटोको भाडाको व्यापार वृद्धि भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ