युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक

युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक

  • शुक्रबार, भदौ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, भदौ १३ ।युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक भएको छ ।  गएराति निकालिएको ‘ड्र’ अनुसार स्पेनिस क्लब रियाल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) एकै समूहमा परेका छन् । समूह ‘ए’ मा दुई दावेदार टोलीहरु रियाल मड्रिड र पीएसजीसँगै बेल्जियमको क्लब ब्रुज र टर्कीको गालातासारे छन् ।

यसैगरी समूह ‘बी’ मा जर्मनीको बायर्न म्युनिख, इंग्ल्याण्डको टोटेनह्याम हट्सपर, ग्रिसको ओलाम्पिकाओस र सर्वियाको रेडस्टार बेलग्रेड छन् ।

समूह ‘सी’ मा इंग्ल्याण्डको म्यानचेस्टर सिटी, युक्रेनको साख्तर डोनेस्क, क्रोएसियाको डाइनामो जाग्रेब र इटालीको एटलान्टा छन् भने समूह ‘डी’ मा इटालीको युभेन्टस, स्पेनको एट्लेटिको मड्रिड, जर्मनीको बायर लिभरकुजेन र रुसको लोकमोटिभ मस्को छन् ।

साविक विजेता लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह ‘ई’ मा परेको छ । यो समूहका इंग्ल्याण्डको लिभरपुलसँगै इटालीको नापोली, अष्ट्रियाको साल्जबर्ग र बेल्जियमको गेन्क परेका छन् ।

यसैगरी समुह ‘एफ’ मा स्पेनको बार्सिलोना, जर्मनीको बोरुसिया डर्टमण्ड, इटालीको इन्टर मिलान र चेक गणतन्त्रको स्लाभिया प्राग छन् । समूह ‘जी’ मा फ्रान्सको ओलम्पिय लियों, रुसको जेनिथ, पोर्चुगलको बेनिफिका र जर्मनीको आर.बी लेप्जिग रहँदा समूह ‘एच’मा इंग्ल्ण्डको चेल्सी, नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम, स्पेनको भ्यालेन्सिया र फ्रान्सको लिल परेका छन् ।

च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको खेलहरु यही सेप्टेम्बर १७ बाट सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ