एक सय ३२ यात्रु बाेकेर निगमकाे वाइडवडी जहाज पहिलोपटक जापान उड्याे

एक सय ३२ यात्रु बाेकेर निगमकाे वाइडवडी जहाज पहिलोपटक जापान उड्याे

  • बिहिबार, भदौ १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं,  १२ भदाै । नेपाल वायुसेवा निगमले पहिलोपटक जापानका लागि सिधा उडान गरेको छ । निगमको वाइडबडी जहाज १२ वर्षपछि आज बिहान २ बजेर ४२ मिनेटमा पहिलाेपटक जापानको ओसाकाको लागि उडेको हो ।

२ सय ७४ सिटे एअरबसको वाइडबडी जहाजमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसदसहित एक सय ३२ यात्रु जापान प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

यो पहिलो उडानमा निगमका १० जना कर्मचारी पनि सवार छन् । काठमाडौंबाट उडेको जहाज ६ घन्टा २० मिनेटमा ओसाका पुग्नेछ । जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपालको लागि उड्नेछ ।

निगमले सातामा मंगलबार, बिहीबार र शनिबार काठमाडौ–ओसाका उडान गर्ने तालिका राखेको छ । जापानमा पनि नेपाल वायुसेवा निगमको पहिलो उडानलाई स्वागत गर्ने तयारी भैरहेको छ । जहाजलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत नै विमानस्थल पुग्ने कार्यक्रम छ ।

निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैँया तोकेको छ । यो उडानसँगै सातवटा मुलुकमा निगमका नौ वटा अन्तर्राष्ट्रिय रुट पुगेका छन् । जहाज अभावलगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले २०६३ साल चैत २९ गते ओसाका उडान स्थगन गरेको थियो । यसअघि २०५१ साल कात्तिक १३ गतेबाट जापान उडान थालेको निगमले काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि उडान गर्ने गर्दथ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी