काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको रेखांकन परिवर्तन, लागत बढ्याे

काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको रेखांकन परिवर्तन, लागत बढ्याे

  • बुधबार, भदौ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, भदौ ११ । काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको रेखांकन परिवर्तन गरिएको छ । अब प्रस्थानविन्दु ललितपुरको खोकना नै हुने भएको छ ।  मन्त्रिपरिषद्बाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन गरिएको हो । परियोजनाबारे जानकारी दिन नेपाली सेनाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको रेखांकन परिवर्तन गरिने जानकारी दिएकाे छ ।

परियोजना प्रमुख महासेनानी शरदलाल श्रेष्ठले श्रीकाली मन्दिरलाई संरक्षण गरी सामान्य रेखांकन परिवर्तन गरिने जानकारी दिए । द्रुतमार्ग निर्माणका लागि एक खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जनाएको छ ।

मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार त्यति रकम लाग्ने जानकारी दिइएको हो । यो लागत पूर्वनिर्धारित् रकमभन्दा ३८ अर्ब रुपैयाँ बढी हो । परियोजना निर्माण सम्पन्न गर्न तीन वर्ष ६ महिना लाग्ने सेनाले जनाएको छ ।

डीपीआरअनुसार यो परियोजनाका लागि एक लाख ५१ हजार रुख काटिनेछन् । नयाँ डीपीआरअनुसार द्रुतमार्गको कुल लम्बाइमध्ये ६.४१ किलोमिटर सुरुङमार्ग हुनेछ भने १०.५५ किलोमिटर पुल र ५५.५ किलोमिटर सडक हुनेछ । यसमध्ये हालसम्म २५.४४ किलोमिटर खन्डको ‘सबग्रेड फर्मेसन लेभल’मा काम भएको छ भने झन्डै २७ किलोमिटर क्षेत्रका काम भइरहेको छ ।

डीपीआर बन्नुभन्दा अगाडि नै परियोजनाको ८ प्रतिशत काम सेनाले सम्पन्न गरिसकेको जनाएको छ । परियोजनाबारे प्रत्येक चार महिनामा पत्रकार सम्मेलन गरी जानकारी दिने द्रुतमार्ग आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी