चितवन, भदौ ९ । चितवनको भरतपुर महानगरपालिका–४ शिवघाटमा स्कुटरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ जगतपुरका ४० वर्षीय सुर्यबन्धु खनाल क्षेत्री छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा सुर्यबन्धु मृत्यु भएको हो ।
गएराति साढे ९ बजे ना६०प ३७३५ नम्बरको मोटरसाइकल ना५५प ३५६८ नम्बरको स्कुटरमा ठोक्किएर पल्टिएको थियो । दुर्घटनामा स्कुटर चालक भने सकुशल रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline