इङ्लिश प्रिमियर लिग: टोटेनहम न्युकासल युनाईटेडसँग १–० ले पराजित

इङ्लिश प्रिमियर लिग: टोटेनहम न्युकासल युनाईटेडसँग १–० ले पराजित

  • सोमवार, भदौ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, ९ भदौ । इङ्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम न्युकासल युनाईटेडसँग १–० गोल अन्तरले घरेलु मैदानमै पराजित भएको छ । न्युकासललाई जित दिलाउन जोलिनटनले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा गोल गरेका थिए ।

टोटेनहमलाई हराएसँगै न्युकासलले पहिलो जित निकालेको छ । जितसँगै न्युकासलले ३ खेलबाट ३ अंक जोडेको छ । टोटेनहमको यो पहिलो हार हो । टोटनहमले ३ खेलबाट ४ अंक जोडेको छ । प्रिमियर लिग अन्तर्गत गएराति नै वुल्भ्स र बर्नलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसैबीच स्पेनिस लिग फुटबलमा एन्टोनी ग्रिजम्यान चम्किएपछि बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जिताउन एन्टोनी ग्रिजम्यानले दुई गोलको योगदान गरे । योसँगै बार्सिलोनाले स्पेनिस लिगमा पहिलो जित दर्ता गरेको छ ।

उसले २ खेलबाट ३ अंक जोड्दै तालिकाको नवौ स्थानमा उक्लिएको छ भने रियल वेटिस अंकबिहिन हुँदै ताकिकाको पुछारमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ