बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्ने पक्राउ

बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्ने पक्राउ

  • बिहिबार, भदौ ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

नेपालगन्ज, ५ भदाैं । 

बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास भएको छ। गत २१ असारमा कोहलपुर ११ का ३८ वर्षीय गोविन्द दमाईले बालिकालाई बलात्कार गरेको पीडित परिवारले २४ असारमा इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएपछि दमाइ फरार छन्।

बैजनाथ गाउँपालिका १ गाभर होमस्टेमा बुधबार अभियुक्त दमाई र उनका ८ जना आफन्तले पीडित बालिकाको परिवारसँग मिलापत्रको प्रयास गरिरहेकै बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१२ की नैनसरा वादी, दुर्गा नेपाली, कोहलपुर-११ का पार्वती नेपाली, दलबहादुर दमाई, टिकाराम परियार, ईश्वरी परियार, जीवन थापा र शितल चनारा छन्।

इप्रका प्रमुख डीएसपी रमेशबहादुर सिंहका अनुसार अभियुक्त दमाइ र उनका आफन्तले पीडित बालिकाको परिवारलाई गाभर भ्याली होमेस्टेमा बोलाएर मिलापत्रका लागि आर्थिक मोलमोलाई गरिरहेकै सूचनाका आधारमा घटनास्थलबाटै नियन्त्रणमा लिइएको हो।

अभियुक्त दमाइ र उनका आफन्तले पैसा लिएर मुद्दा फिर्ता लिन बालिकाको परिवारलाई पटक-पटक दबाब दिएको प्रहरीले जनाएको छ।’अभियुक्त दमाईलाई नाबालिका बलात्कार जस्तो जघन्य अपराधमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ डीएसपी सिंहले भने, ‘बलात्कारको मुद्दा आर्थिक लेनदेनमा मिलाउन खोज्ने ८ जनालाई पीडित बालिकाका बुवाआमाको किटानी जाहेरीका आधारमा शान्तिविरुद्धको कसुरअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ