‘एनओसी’को निर्वाचनका लागि मताधिकार प्रतिनिधिको टुंगो लाग्याे, पिताम्बर तिम्सिनाकाे आगमन

‘एनओसी’को निर्वाचनका लागि मताधिकार प्रतिनिधिको टुंगो लाग्याे, पिताम्बर तिम्सिनाकाे आगमन

  • बुधबार, भदौ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, भदौ ४ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ कार्यसमितिको निर्वाचनका लागि मताधिकार प्रतिनिधिको टुंगो लागेको छ।यही भदौ २० गते निर्वाचन हुन लागेकाे छ । बुधबार अपराह्न ५ बजेसम्मको समय दिइएकामा नयाँ अनुहारकारुपमा अन्तिम समयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिना आएका छन् ।

उनी एथ्लेक्टिस संघको प्रतिनिधिकारुपमा मताधिकार लिएर आएका हुन् । यसअघि, एथ्लेटिक्स संघबाट राजीव शाह आएपनि उनको स्थान तिम्सिनाले लिएका हुन् । तिम्सिनाले आफू मताधिकारसहित आएको स्पस्ट पार्दै ओलम्पिक कमिटीको सर्वसम्मत् नेतृत्व चयनका लागि भूमिका खेल्ने बताएका छन् । उनले आफू पनि कार्यसमितिमै रहनेगरी आएको दाबी गरेका छन् ।

त्यस्तै, बक्सिङ संघबाट हालको कार्यसमितिमा उपमहासचिव रहेका राजीव श्रेष्ठ क्यानोइङ संघबाट मताधिकार लिएर आएका छन् ।दुईजनाको यो छलाङले नयाँ समीकरण बन्ने अपेक्षा गरिएको छ । नयाँ कार्यसमिति १९ सदस्यीय हुनेछ । यसअनुसार अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, तीन सचिव र सात सदस्य रहनेछन् ।

त्यस्तै, निवर्तमान अध्यक्ष मानार्थ अध्यक्ष रहने प्रावधान हटाइ कुनैपनि पूर्वअध्यक्षहरुलाई मानार्थ बनाउने प्रावधान राखिएको छ । नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल प्रधानबीच प्रतिस्पर्धा हुनेछ । यसअघिको निर्वाचनमा पनि यी दुवैबीच भिडन्त भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ